समाज


झलनाथ पत्नी रविलक्ष्मीको भेन्टिलेटरमा राखेर उपचार हुँदै

झलनाथ पत्नी रविलक्ष्मीको भेन्टिलेटरमा राखेर उपचार हुँदै

नेपालखबर
भदौ २५, २०८२ बुधबार १६:१२, काठमाडौँ

आन्दोलनकारीले घरमा आगो लगाउँदा जलेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था गम्भीर रहेको कीर्तिपुर बर्न अस्पतालले जनाएको छ। 

मंगलबार जलनमा परेकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। 

अस्पतालका प्रमुख डा. किरण नकर्मीले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताएका छन्। 

फोक्सोमा बढी असर गरेको भन्दै डा नकर्मीले स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएका छन्। 

जनलमा परेकी चित्रकारसहित २५ जना घाइतेको अहिले कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भएको छ।

ती मध्ये तीन जनालाई भर्ना गरिएको डा नकर्मीले जानकारी दिए।

गोली लागेर आएका तीन जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad