समाज


इ-पासको व्यवस्थाले रोकेन काठमाडौंमा सवारी पास लिनेको भिड

इ-पासको व्यवस्थाले रोकेन काठमाडौंमा सवारी पास लिनेको भिड

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ९:५०,

कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास लिनेहरुको भिड अझै रोकिएको छैन।

सरकारले भिडभाड बढेसँगै अत्यावश्यक कामका लागि अनलाइनबाटै इ-पास लिने व्यवस्था गरेको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पारिवारीक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले कार्यालयमै आएर पास माग गर्नेहरुको संख्या बढेको हो। जसले गर्दा जिल्ला प्रशासन कार्यालय अगाडि भिडभाड हुन गई कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ।

सोमबार दिउँसो पनि प्रशासन कार्यालय अगाडि यस्तै भिडभाड देखिएको छ। पास लिन आउनेहरु पनि मृत्यु संस्कारका लागि पास मागेका भने होइनन्। कोही काठमाडौंमा खानेकुरा सकिएपछि घरजान पास माग्ने श्रमिकहरु छन् भने कोही कार्यालय प्रयोजनाका लागि पास माग्नेहरु छन्। यस्तै अत्यावश्यक कामका लागि घर जानुपर्ने भन्दै पास लिन आउनेहरु पनि छन्।

लकडाउन सुरु भएसँगै सरकारले अत्यावश्यक कामका लागि पास दिने व्यवस्था गरेको थियो। पास वितरण गर्दा लकडाउन उल्लंघन हुने र न्यूनतम सामाजिक दूरी कायम गराउन कठिन भएपछि अनलाइनबाटै इ-पास लिने व्यवस्था गृह मन्त्रालयले गरेको थियो। तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कारको काममा लागि बाहेक अन्य कामका लागि इ-पास नदिने बताएपछि अहिले कार्यालयमै आएर पास माग्नेहरुको भिड बढेको हो।

यसबाट लकडाउन उल्लंघन मात्र भएको छैन कोरोना भाइरसको संक्रमणको जोखिम समेत बढेको छ। लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद लागतयका अत्यावश्यक कामका लागि बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेश हो। तर जिल्ला प्रशासन कार्यालयले पास वितरणमा अस्पस्ट नीति लिएपछि अहिले फेरि कार्यालय अगाडि भिड लाग्ने गरेको छ। जसबाट कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad