धादिङ जिल्ला कारागारमा दिउँसो हुलदंगापछि गोली चलेपछि ८ जना कैदी घाइते भएकामा एक जनाको मृत्यु भएको छ।
उपचारको क्रममा नाम नखुलेका अन्दाजी ७५ वर्षीय कैदीको मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ।
त्यस्तै डम्बर बहादुर दाहाल र कृष्ण बहादुर मोक्तान गम्भीर घाइते रहेको पनि अस्पतालले जनाएको छ।
यसबाहेक कपिल परियार, देवराज अधिकारी, मेमबहादुर तामाङ, रामशरण परियार र विकास गुरुङको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।


प्रतिक्रिया