समाज


सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी

सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०८२ शुक्रबार ७:५२, काठमाडौँ

जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरू सम्पर्कमा आउन थालेका छन्। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरू कारागार प्रशासनको सम्पर्कमा आउन थालेका कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए।

‘हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आएका छन्, सम्पर्कमा आउनेक्रम जारी छ’, जोशीले भने, ‘अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्, कतिपय इलाका प्रहरीको सम्पर्कमा आएका छन्।’ उनले केही कैदीबन्दीलाई प्रहरीले प्रक्राउ गरेर समेत ल्याएको बताए। 

बुधबार मात्रै कारागारबाट भागेका आठ जना कैदीबन्दीलाई भारतीय सीमानाका गड्डाचौकीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कञ्चनपुर कारागारमा ४७८ जना कैदीबन्दी थिए। जसमध्ये मङ्गलबार साँझ ४५५ जना भागेका थिए।

भागेकामध्ये नौ जना कैदीबन्दी बुधबार बिहान आफैँ कारागार फर्किएका थिए। कारागार प्रशासनका अनुसार २३ जना बन्दीहरु भागेका थिएनन्। 

जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागुऔषधका बैन्दीहरु छन्। त्यसैगरी महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad