लोकतन्त्र र संविधानको रक्षाका लागि प्रदर्शन गरिएको छ।
शुक्रबार बिहान बुटवलको राजमार्ग चौराहादेखि ट्राफक चोकसम्म शान्ति र्याली आयोजना गरिएको हो। ‘सेभ द नेसन, सेभ द कन्स्टिट्युसन’ भन्ने नारासहित प्रदर्शन भएको हो।
संविधानको रक्षा हुनुपर्ने मागसहित काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहीबारदेखि प्रदर्शन सुरु हुन थालेको छ।
जेनजी पुस्ताको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबाट मुलुक बाहिर निस्किन नपाउँदै पुनः आन्दोलनको भूमरिमा देश जान थालेको छ। अन्तरिम सरकार अझै गठन हुन सकेको छैन। यसले आम नागरिकमा अब के हुने हो भन्ने त्रास पैदा भएको छ।
54
Shares

प्रतिक्रिया