समाज


झुम्का कारागारबाट भागेका जघन्य अपराधमा सजाय भोगिरहेका १४ कैदी पक्राउ

झुम्का कारागारबाट भागेका जघन्य अपराधमा सजाय भोगिरहेका १४ कैदी पक्राउ

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १४:३७, विराटनगर

सुनसरीको झुम्कामा रहेको कारागारबाट फरार भएका केही कैदीहरूलाई प्रहरीले पक्राउ गरेको छ।  

झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा धरानबाटै पक्राउ गरेको हो।  

कर्तव्य ज्यान, बलात्कार, लागू औषधसहित जघन्य अपराधमा सजाय भोगिरहेका ती कैदीलाई धरानका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

पक्राउ परेका कैदीलाई झुम्का कारागार पुर्‍याएको छ। उनीहरूलाई नेपाली सेनाले कडा सुरक्षा बिच कारागार पुर्‍याएको  हो। फरार कैदीहरू पुनः आपराधिक गतिविधिमा संलग्न हुन सक्ने भएकाले बाँकी कैदीको खोजी कार्यलाई अझ तीव्र पारिएको प्रहरीले जनाएको छ।

झुम्का कारागारको ब्लक ए र बिका १०९८ जना कैदी बन्दी फरार भएका थिए। जेनजी समूहको आन्दोलनको क्रममा धेरै कैदीहरू फरार भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad