समाज


जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

नेपालखबर
भदौ २९, २०८२ आइतबार १४:३३, चितवन

कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्। गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो। सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन्।

कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन्। उनले भने, 'बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए।' कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७  जना आइसकेका छन्।

कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उनले बताए। 

यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस कारागारमा सम्पर्कमा आएका छन् । कतिपय टाढा भएकाले समय लाग्ने जनाएका छन्। करिब ५० जना सम्पर्कमा नआएको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad