समाज


भारतको सिमलामा भएको गाडी दुर्घटनामा एकैघरका ३ सहित ४ नेपालीको मृत्यु, २ घाइते

दुर्घटनामा पत्नीको मृत्यु, पति घाइते
भारतको सिमलामा भएको गाडी दुर्घटनामा एकैघरका ३ सहित ४ नेपालीको मृत्यु, २ घाइते

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार ८:५१, काठमाडौँ

भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजाे भएको गाडी दुर्घटनामा एकैघरका तीनसहित चारजना नेपालीको मृत्यु भएको छ।

सल्यानको कुमाख गाउँपालिका- ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको साेमबार भएकाे सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिए। 

हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख- ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो। 

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन्। नवराज र हिमबहादुर गाडीकाे ढाला पछाडि बसेकाले फाल हानेर जाेगाएका छन्।

ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छाेरा हुन्। 

घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ। 

याे दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि मृत्यु भएकाे छ। मृतक सबैकाे पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ। मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएकाे मल्लले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad