समाज


त्रिवि शिक्षण अस्पतालमा ३९ शवको पोस्टमार्टम

त्रिवि शिक्षण अस्पतालमा ३९ शवको पोस्टमार्टम

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १४:४६, काठमाडौँ

त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा ३९ शवकाे परीक्षण (पोस्टमार्टम) भएको छ। भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाएको हो। 

हालसम्म ४६ शव परीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिए। उनका अनुसार ३९  शव आफन्तले बुझेर लगिसकेका छन् भने ७ जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। ७ वटा शवको  ‘डीएनए’ परीक्षण आवश्यक हुने डा चौधरीले बताए। 

‘प्रहरीको पत्र आईसके पछि डीएनए सुरु गर्छौँ। शव चिन्न नसक्ने अवस्थामा भएकाले  दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट परीक्षण गरिन्छ।’
डा चौधरीले शव पूर्ण रुपमा जलेको भए डीएनए परीक्षणका लागि नमुना निकाल्न नसकिने जनाए। 

प्रदर्शनमा देशभर ७२ जनाको मृत्यु भएको छ। मृत्यु भएका ३९ जनाको त्रिवि शिक्षण र २ जनाको पाटन अस्पतालमा पोस्टमार्टम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad