समाज


मैवाखोलामा पहिरोले ११ घर विस्थापित

मैवाखोलामा पहिरोले ११ घर विस्थापित

फाइल तस्बिर


नेपालखबर
असोज १, २०८२ बुधबार १३:५९, ताप्लेजुङ

अविरल वर्षाका कारण यहाँको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन्भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्।

स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षण अनुसार वडा नम्बर २, ४, ५ र ६ सबैभन्दा बढी प्रभावित भएका छन्। वडा नम्बर २ मा २ घर विस्थापित भएका छन्भने वडा नम्बर ४ मा ५ घर उच्च जोखिममा परेका छन्। यस्तै वडा नम्बर ५ मा १ घर विस्थापित हुनुका साथै सात घर उच्च जोखिममा रहेका छन्।

त्यस्तै, वडा नम्बर ६ मा ८ घर विस्थापित भएका छन्भने केही दिनअघि एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तनि जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।

यस्तै भौतिक संरचनातर्फ पनि क्षति पुगेको छ। वडा नम्बर ४ को एकबासे सडक पूर्ण रूपमा बगाएको छ भने वडा नम्बर ४ र ५ जोड्ने याङ्देली झोलुङ्गे पुल जाने बाटोको भाग पहिरोले बगाएको छ।

वडा नम्बर ५ को महादेवथान-कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको छ भने वडा नम्बर ५ र ६ जोड्ने चिम्फाक-रानीवन सडक, रानीवन-साङलुप्पा सडक, रानीवन-साम्तोङ सडक, ओर्खुम-जैवा सडक र फाकुम्बा-यदे सडक बाढी र पहिरोले बगाएर पूर्ण रूपमा अवरुद्ध भएका छन्। साथै, तिर्तिरे-खार्ते सडकखण्डको अयाक्मा जङगल क्षेत्रमा निर्माण गरिएको ग्याबिन र सोलिङ समेत बगाएको छ।

दसैँ, तिहारजस्ता प्रमुख पर्व नजिकिँदै गर्दा बाढी, पहिरोले ल्याएको विपत्तिका कारण जनजीवन कष्टकर बनेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताए।

प्रभावित परिवारहरू विस्थापित भएर असुरक्षित अवस्थामा दिन काट्न बाध्य भएका छन्। अझै वर्षा रोकिने सम्भावना नदेखिएकाले थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ। यसबीच गाउँपालिका अध्यक्ष वनेमले सतर्क रहन सबैलाई आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad