काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित भाटभटेनीको चौथो तलामा बुधबार बिहान भेटिएको शवको पहिचान खुलेको छ।
उक्त शव रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइलीको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
सोमबार बिहान अन्दाजी ९ः३० बजेको समयमा भाटभटेनीको चौथो तलामा जलेर अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको थियो। आवश्यक प्रक्रियापश्चात उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका–६ का २२ वर्षीय विकास रसाइलीको रहेको पुष्टि भएको एसपी बोहोराले बताए।
उक्त शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।
2.6k
Shares

प्रतिक्रिया