समाज


भिरबाट लडेर मृत्यु भएको भनिएको घटना अनुसन्धानका क्रममा २ जना पक्राउ

भिरबाट लडेर मृत्यु भएको भनिएको घटना अनुसन्धानका क्रममा २ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
असोज २, २०८२ बिहिबार १४:५, रसुवा

रसुवा प्रहरीले भिरबाट लडेर मृत्यु भएको भनिएको एउटा घटना अनुसन्धानको क्रममा दुई जनालाई पक्राउ गरेको छ। 

आमाछोदिङ्मो गाउँपालिका–४ सिओ गाउँका ५२ वर्षीय ल्हासिङ तामाङको भदौ २७ गते स्थानीय बाहुन डाँडामा शव भेटिएको थियो। 

घटना अनुसन्धानको क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए। 

तामाङ गएकाे भदौ २७ गते बिहान कामको लागि भन्दै घरबाट निस्किएका थिए। तर, राति अबेरसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गरेका थिए। 

खोजीका गर्ने क्रममा भदौ २८ गते साँझ बाहुनडाँडामा भिरबाट करिब ३५ फिट तल खसेको अवस्थामा उनको शव फेला परेको थियो। 

प्रहरीले तामाङको मृत्युबारे थप अनुसन्धान जारी राखेको इन्सपेक्टर शाहले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad