समाज


घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीको देब्रेहात काटियो

घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीको देब्रेहात काटियो

नेपालखबर
असोज २, २०८२ बिहिबार १५:४८, काठमाडौँ

जेनजीको आन्दोलनमा घर जल्दा जलेर घाइते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ। भदौ २४ गतेको जेनजी आन्दोलनकारीले घरमा आगोलागी गरेका थिए। घरसँगै जलेकी उनको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। 

उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको हात काटिएको खनालले नेपालखबरलाई जानकारी दिए। 

'हिजो (बुधबार) एउटा अप्रेसन भयो।  संक्रमण बढ्न थाल्यो भनेर चिकित्सकले अप्रेसन गर्नुपर्छ भने। हामीले अप्रेसन गर्ने अनुमति दियौँ,' उनले भने, 'डाक्टरले मेडमको देब्रेहात काटे। देब्रेहात चाहिँ कुहिनोदेखि तल फाल्यो। उनी पहिलोपटक अपांग भइन्।'

उनले आज फेरि निमोनियाको संक्रमण पनि देखिएको जानकारी पाएको सुनाए। 'आज निमोनिया देखा पर्‍यो रे। यसले के गर्ने हो? यसलाई केही गर्न सकिने होकि होइन रनभुल्ल परिरहेको छु' उनले थप भने। 

७० वर्षकी चित्रकारको शरिरको १७ प्रतिशत भाग जलेको भनेर चिकित्सकले भनेको खनाल बताउँछन्। ' भन्न त १७ प्रतिशत जलेको भनेको छ। केके हुने हो ख्वै !' खनालले भने,'उनी बोल्न सक्ने अवस्थामा छैनन्। बोल्न खोजेझैँ लाग्छ, आवाज आएझैँ लाग्छ तर बोलि बुझिँदैन।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad