समाज


चोरीका सामानसहित पोखराबाट एकजना पक्राउ

चोरीका सामानसहित पोखराबाट एकजना पक्राउ

नेपालखबर
असोज २, २०८२ बिहिबार २२:१५, पोखरा

पोखरामा प्रहरीले चोरीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । २४ गते साँझ करिब ७ बजेको समयमा पोखरा १४ चाउथेमा दुइ वटा घरमा चोरी गर्ने वुटवल उपमहानगरपालिका ९ घर भइ हाल चाउथे बस्दै आएका ३१ वर्षका मोती गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। 

घर खानतलासी गर्दा ठूलो मात्रामा सुनका गहना भेटिएको थियो। उनको घरबाट छड्के तिलहरी १ थान, रातो पोतेसहितको माइली तिलहरी २ थान, रातो गेडी सहितको जन्तर १ थान, मिनिहार १ थान, बाला ३ थान, चन्द्रमा २ थान, कानमा लगाउने झुम्का २ थान, कानमा लगाउने बंगाली टप २ थान, बंगाली औठी १ थान, हेक्सा ब्लेड ४ थान, फलामको छिनो १ थान, फलामको रड १ थान, चरेशको थाल २ थान, तामाको पाला (दियो) ४ थान, मोवाइल १ थान, तीन हजार पाँच सय १३ रुपैयाँ, कोरियन पैसा ४६ हजार, मलेसियाको पैसा आरएम चार सय र अमेरिकी एक डलर बरामद भएको हो। 

२४ गते जेन जी आन्दोलन निकै हिंसात्मक बन्दा देशका पोखरालगायत गण्डकीका विभिन्न स्थानमा आगजानी, लुटपाट, चोरी लगायतका घटनाहरु भएका छन्। 

सोही क्रममा चाउथेमा कोही नभएको घरमा सुन चाँदीका गरगहना र नगद रकम चोरी भएको थियो। उनले दुइ वटा घरमा चोरी गरेको र अदालतबाट चोरी सम्बन्धि कसूरमा १० दिन म्याद थप गरि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad