समाज


नेपालमा मनसुन अझै सक्रिय, बर्हिगमनमा समय लाग्ने

नेपालमा मनसुन अझै सक्रिय, बर्हिगमनमा समय लाग्ने

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०८२ शुक्रबार ६:१५, काठमाडौँ

नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन। 

भारतमा औसतको तुलनामा करिब दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ। नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो। नेपालमा यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो। नेपालमा मनसुन भित्रिने मिति सरदर जुन १३ हो।

मनसुन जारी रहेकाले आगामी दिन पनि वर्षाको हुने महाशाखाले उल्लेख गरेको छ। यद्यपि, तुलनात्मक रुपमा मनसुन क्रमशः कमजोर हुँदै गइरहेको छ। 

मनसुन आज भन्दा शनिबार कमजोर हुने महाशाखाको पूर्वानुमान छ । ठूलो वर्षाको सम्भावना नरहे पनि  खण्डित रुपमा ४० मिलिमिटरसम्म वर्षा हुने महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावाकोसमेत प्रभाव रहेको महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad