समाज


नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी नै गाडी चल्न थाले

गएराति ११ बजे चितवनको इच्छाकामनामा पहिरो खस्दा अवरुद्ध थियो सडक
नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी नै गाडी चल्न थाले

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०८२ शुक्रबार ८:१९, काठमाडौँ

नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी नै गाडी सञ्चालन हुन थालेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो। 

अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएको थियो। आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी नै यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। 

 पहिरोसँगै खसेको ढुङ्गाले लागेर  ना ६ ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad