समाज


जेनजी आन्दोलनका १५३ घाइते अझै उपचारमै

जेनजी आन्दोलनका १५३ घाइते अझै उपचारमै

नेपालखबर
असोज ४, २०८२ शनिबार १८:४९, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुमध्य १५३ जना अझै विभिन्न अस्पतालहरूमा उपचारमै रहेको पाइएको छ। 

देशका विभिन्न अस्पतालहरूमा शनिबार दिउँसो ५ बजेसम्मको विवरण अनुसार १५३ जना घाइतेको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। 

उपत्यकाका ट्रमा सेन्टरमा २९, त्रिवि शिक्षण अस्पतालमा १७, काठमाडौँ मेडिकल कलेजमा १४ र नेपाल प्रहरी अस्पतालमा १२ जनाको उपचार भइरहेको छ। 

त्यस्तै उपत्यका बाहिर सबैभन्दा धेरै चितवन मेडिकल कलेजमा ८, गण्डकी मेडिकल कलेजमा ७, नेबोल मेडिकल कलेजमा ६ जना घाइतेको उपचार भइरहेको छ। 

देशभरका अस्पतालमा उपचारका लागि २ हजार ३ सय १६ जना पुुगेका थिए। उपचार पश्चात २ हजार १ जना घर फर्किसेका छन्। 

अस्पतालमा उपचारकै क्रममा ४८ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कुल ७४ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad