अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन्।
अख्तियारले प्रतिवेदनमा सातै प्रदेशका कति स्थानीय तहबाट धेरै उजुरी परेको छ भन्ने पनि उल्लेख गरेको छ।
आयोगका अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै उजुरी परेको छ। बागमतीमा ११ हजार २७७ वटा, मधेसमा ९ हजार ६६८ वटा, लुम्बिनीमा ४ हजार ४२८ वटा, कर्णालीमा २ हजार २२६ वटा उजुरी परेका छन्।
त्यस्तै कोसीमा ३ हजार २९४ वटा, गण्डकीमा २ हजार ४१३ वटा, सुदूरपश्चिममा २ हजार ६१६ वटा उजुरी वरेको छ।
261
Shares

प्रतिक्रिया