सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी साधन सञ्चालन गर्न चालकहरुलाई आग्रह गरेको छ।
चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिकै अहिले पनि एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेका भन्द कार्यालयले लेन अनुशासन पालना गर्न चालकहरूलाई आग्रह गरेको हो।
गएराति खसेको पहिरो हटाएपछि मुग्लिन नारायणगढ सडक खण्डमा आज बिहानदेखि गाडी चलिरहेका छन्।
‘तर, तुइन खोला पुल नजिकै सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्। अन्य स्थानमा दुईतर्फि नै सवारी सुचारू छ। सवारी साधन आफ्नो लेन अनुशासनमा रहि चलाउनु हुन सम्पूर्णलाई अनुरोध गरिन्छ,’ सडक डिभिजन कार्यालय भरतपुरले सूचना जारी गर्दै भनेको छ।
93
Shares

प्रतिक्रिया