काठमाडौँबाट विभिन्न हातहतियार तथा गोलिगट्ठासहित एक जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका १६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउन्ड, राउन्ड सेटको ब्याट्री १ थानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
तारकेश्वर नगरपालिका ५ लोलाङ बस्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ८ घर भएका ३० वर्षीय हिराबहादुर मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा प्र ०१-००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिक्कीभित्र लुकाइ राखेको उक्त हातहतियार बरामद गरेको हो।
ती हतियारहरू जेनजी आन्दोलनका क्रममा प्रहरीबाटै लुटिएका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया