समाज


दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

नेपालखबर
असोज ६, २०८२ सोमबार १९:४१, काठमाडौँ

दसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ। विशेषगरी अन्तर्राष्ट्रिय उडानमा चाप भएपनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। दसैँमा काठमाडौँबाट विभिन्न गन्तव्यमा जाने हवाइ यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ। केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन्। कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन्। ‘अन्तर्राष्ट्रिय तर्फ आवागमन बढ्दो क्रममा छ। आन्तरिकमा साविक बमोजिम सामान्य छ’, प्रवक्ता शेर्पाले भने, ‘अबको विजया दशमीको दिनसम्म आन्तरिकतर्फ पनि उडान बढ्ने सम्भावना छ ।’

प्रवक्ता शेर्पाका अनुसार शनिबार अन्तर्राष्ट्रियतर्फ १०६ उडान भएका छन्। जसमा ५४ आगमन भए भने ५२ वटा प्रस्थान भए। यी उडानबाट ८ हजार २९ यात्रु नेपाल आएका छन्। आन्तरिकतर्फ २२२ उडान भएका छन्। यसमध्ये काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्या ६ हजार ८७५ रहेको छ भने भित्रिनेको सङ्ख्या ४ हजार ६५ रहेको छ।

आइतबार अन्तर्राष्ट्रियतर्फ ५५ उडानमार्फत ८ हजार ५०० यात्रु भित्रिएका छन्। ६ हजार ८०० यात्रु बाहिरिएका छन्। आन्तरिकमा कूल २२९ उडानमार्फत सात हजार ८८७ र ५ हजार ५०५ यात्रु काठमाडौँ भित्रिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दाबढी उडान हुन्छ। यसमध्ये आन्तरिकतर्फ २५० बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ। विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ। 

आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। अन्तर्राष्ट्रियतर्फ ३ नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad