समाज


घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीलाई एयर एम्बुलेन्समार्फत भारत लगियो

घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीलाई एयर एम्बुलेन्समार्फत भारत लगियो

नेपालखबर
असोज ७, २०८२ मंगलबार ९:१७, काठमाडौँ

जेनजी आन्दोलनमा घरसँगै जल्दा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारलाई थप उपचारको लागि भारतको नयाँ दिल्ली लगिएको छ। 

स्वास्थ्यमा पूर्ण सुधार नभएपछि चित्रकारलाई थप उपचारको लागि साेमबार राति नाैबजे भारत लगिएको एकीकृत समाजवादीकी नेतृ आरती लामाले जानकारी दिइन्। पत्नीको उपचारको लागि नेता खनाल आफैँ भारत गएका छन्। चित्रकारकाे अपोलो अस्पतालमा थप उपचार हुनेछ।

‘हिजो दिउँसै उहाँलाई लैजाने तयारी थियो,’ लामाले नेपालखबरसँग भनिन्, ‘तर, पासपोर्टसहितका डकुमेन्ट पनि आगोमा जलेका थिए। त्यसको प्रोसेसको लागि हिजो दिनभरि थप बस्नु पर्‍याे। राति मात्रै उहाँहरू उता जानु भएको हो।’

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको थियो। भदौ २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाउँदा उनी घरसँगै जलेर गम्भीर घाइते भएकी थिइन्। 

बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो। तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेकाे थियो। 

७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad