समाज


काठमाडौँ आवातजावत गर्ने मुख्य सडक पृथ्वी राजमार्ग १५ घण्टादेखि अवरुद्ध

काठमाडौँ आवातजावत गर्ने मुख्य सडक पृथ्वी राजमार्ग १५ घण्टादेखि अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८२ मंगलबार १२:३५, काठमाडौँ

काठमाडौँ आवातजावत गर्ने मुख्य सडक पृथ्वी राजमार्ग गएको १५ घण्टादेखि अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्। 

धादिङको बेनिघाट रोराङ गाउँपालिका- १० स्थित ज्वाङखोलामा गएराति सवा १० बजेतिर सुख्खा पहिरो खस्दा यो सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। 

मलेखु-मुग्लिन सडक खण्डको जवाङखोला भन्ने ठाउँमा सडक पूरै ढाकेर ठूलो पहिरो खसेको छ। मंगलबार बिहान ६ बजेदेखि नै पहिरो हटाउने काम जारी छ। तर, अझै ठूलो पहिरो सडकमै रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए। 

‘अब थप पहिरो खसेन भने मंगलबार दिउँसो ३ बजेसम्ममा बाँकी पहिरो एकतर्फी रुपमा हटाउन सकिन्छ कि भन्ने छ,’ केहीबेरअघि हमालले नेपालखबरसँग भने ‘थप पहिरो गयो भने भन्न  सक्ने अवस्था छैन। 

जवाङ खोलमा सुरुमा राति सवा १० बजेतिर सानो पहिरो खसेको थियो।  ‘त्यो पहिरो पन्छाएर सकिन लागेको थियो, फेरि राति साढे ११ बजेतिर झन् ठूलो पहिरो त्यही ठाउँमा खस्यो,’ डीएसपी हमालले भने, ‘बिहान दुई बजेदेखि त्यो पहिरो पन्छाउन सुरु भएको थियो। आज बिहान पाँच बजेतिर फेरि त्यहीँ ठाउँमा अर्को ठूलो पहिरो खस्यो।’

पहिरो पन्छाउन हाल तीनवटा मेसिन प्रयोग गरिएका छन्। पहिरो खसेको ठाउँमा चितवनको सीमा नजिकै पर्छ। 

चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा पहिरो खस्दा शुक्रबार र शनिबार दुई दिन सवारी सञ्चालन पूर्णरुपमा रोकिएका थिए। त्यो पहिरो पन्छाएर सोमबार दिउँसोदेखि तुइन खोलामा दुईतर्फी नै सवारी सञ्चालन हुन थालेका थिए। 

पटकपटक पहिरो खस्दा दसैँको बेला यात्रुले सास्ती पाएका छन्। यात्रामा जोखिम पनि बढेकाले सुरक्षित ढंगले यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ। 

जिल्ला प्रशासन कार्यालय धादिङले जवाङखोलाको पहिरो पन्छाउन समय लाग्ने भन्दै बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न यात्रुहरुलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad