कैलालीको गौरीगंगा नगरपालिकाबाट २ थान पेस्तोलसहित २ जना पक्राउ परेका छन्।
सोही ठाउँका १९ वर्षका समीर खड्का र १९ वर्षका आभाष चन्दलाई प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समीरलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल १ थानसहित पक्राउ गरेको हो।
यस्तै घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ। गोरखा, पालुङटार नगरपालिका-३ मैबल बस्ने ६३ वर्षीय रामबहादुर राना
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।
Shares

प्रतिक्रिया