रूपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका-८ रामनगरस्थित सडकमा लु.५१ प ९४१४ नम्बरको स्कुटर अनियन्त्रित बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक युवतीको मृत्यु भएको हो।
मृत्यु हुनेमा देवदह नगरपालिका-१० भलुही बस्ने ३८ वर्षीया विद्या शाही रहेकी प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिद्धबाबा हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
1.1k
Shares

प्रतिक्रिया