आज शुक्रबार, १० असोज २०८२ (२६ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: नयाँ कार्य वा रोजगारीको योजना बन्नेछ। रमणीय र सुखद् यात्राको योग छ। ज्ञानमा वृद्धि हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। आजको मन्त्र- हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
वृष: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा बढी सफलता मिल्नेछ। वैदेशिक व्यापार र नोकरी गर्नेका लागि समय सन्तोषजनक रहनेछ।
आजको मन्त्र: शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मिथुन: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका छ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजगता अपनाउनु होला।
आजको मन्त्र: नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
कर्कट: आत्मबलमा कमी आउनेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला। स्वास्थ्यप्रति सचेत रहनु होला। तीर्थाटनको योग छ। साँझमा प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
आजको मन्त्र: बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
सिंह: रोकिएका काम पुनः सुरु हुने छन्। कृषि कार्य अघि बढ्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।
आजको मन्त्र: गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कन्या: सामाजिक कार्यमा सफलता हात लाग्नेछ। घरायसी माहोल मनोरञ्जनात्मक रहनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। अतिथिका रूपमा सम्मान पाइएला। साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।
आजको मन्त्र: लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
तुला: जोस, जाँगर र हिम्मत बढ्नेछ। शुभ कार्यको योजना बन्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आजको मन्त्र- दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
वृश्चिक: महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा मालसामान हराउने र मनमा निराशा छाउने योग छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। प्रेमीको सहयोग रहनेछ। साँझमा धन हात पर्न सक्छ। आजको मन्त्र- विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
धनु: धर्मकर्ममा मन लाग्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ला। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। आजको मन्त्र- भिन्नता नै तपाईँको ब्रान्ड हो।
भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मकर: अरूलाई प्रभावित पारेर काम बन्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। प्रेमीको सहयोग पाइनेछ। आजको मन्त्र- डरको सीमा तोड्नु नै सफलताको पहिलो पाइला हो।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
कुम्भ: नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। मनोरञ्जनको क्षेत्रमा सहभागी भइएला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। आजको मन्त्र- लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन: लाभहानि बराबर रहनेछ। नियमित खर्च बढ्ने योग छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। आत्मबल बढाएर काम गरेमा कठिन काममा पनि सफलता मिल्नेछ। आजको मन्त्र- शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया