तुइनखाेलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाएपछि मुग्लिन-नारायणगढ सडक खुलेको छ।
सडक डिभिजन भरतपुरले भर्खरै सूचना जारी गरी सडक दुवैतर्फ सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको जानकारी दिएको हो।
आज (बिहीबार) राति १०:४५ बजेतिर जारी सूचनामा भनिएको छ, ‘मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखाेलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाई यातायात आवागमन दुईतर्फी सञ्चालनमा आएको सहर्ष जानकारी गराउँछाैँ।’
हेर्नुहोस् सडक खुलेको भिडिओ-
273
Shares

प्रतिक्रिया