समाज


जाँचबुझ आयोगको क्षेत्राधिकार भन्दै भदौ २३ र २४ गतेका घटनामा कारबाही गर्न सरकारको रोक

जाँचबुझ आयोगको क्षेत्राधिकार भन्दै भदौ २३ र २४ गतेका घटनामा कारबाही गर्न सरकारको रोक

नेपालखबर
असोज १२, २०८२ आइतबार १३:५२, काठमाडौँ

सरकारले गत भदौ २३ र २४ जेनजी आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड र आगजनीका घटनामा जोडिएकाहरुलाई कारबाही गर्न रोक लगाएको छ।

यसबारे छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन भइ काम समेत सुरु गरिसकेको भन्दै गृह मन्त्रालयले त्यससँग जोडिएका घटनामा कारबाही नगर्न पत्राचार गरेको हो। 

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न अयोग गठन गरेको छ। त्यो आयोगको कार्यक्षेत्र पर्ने विषयमा कुनै कारबाही नगर्न सरकारले प्रहरी संयन्त्रलाई निर्देशन दिएको हो। 

‘आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेश बमोजिम राय सहितको प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुन बमोजिम गर्ने व्यहोरा जानकारी गराइन्छ,’ मन्त्रालयले असोज ९ मा जारी गरेकाे विज्ञप्तिमा भनिएको छ,  ‘तसर्थ आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडि नबढाइने तर गैरकानुनी रुपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने व्यहोरासमेत सबैमा जानकारी गराइन्छ।’

जेनजी आन्दोलनका क्रमममा प्रहरीको हत्यामा संलग्न केहीलाई प्रहरीेले पक्राउ परेको थियो। सरकारको यस्तो निर्देशनले यससम्बन्धी प्रहरीको कारबाहीमा रोकावट आउने देखिन्छ। 

सरकारको यस्तो निर्णयलाई केहीले यसको आलोचना समेत गरेका छन्। तोडफोड र आगजनीमा संलग्न भएकाहरुलाई कारबाही गर्न रोक्न नहुने उनीहरुको मत छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad