कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा गए राति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।
राजपुरस्थित आरपी फ्लोर मिलनजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक बैतडीको पुर्चाैडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कुटर अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी टेकबहादुर जोराले जानकारी दिए।
घाइते भएका बमलाई उपचारका निम्ति माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा स्कुटरमा सवार पुर्चाैडीकै २६ वर्षीय सरोज बम घाइते भएका छन्। माया मेट्रो अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
51
Shares

प्रतिक्रिया