समाज


काठमाडौँ नै फर्किन थाले उपत्यकाबाट छुटेका सवारीसाधन

काठमाडौँ नै फर्किन थाले उपत्यकाबाट छुटेका सवारीसाधन

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८२ शनिबार १२:३७, काठमाडौँ

मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन्।

विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बीपी, अरनिको, पृथ्वी राजमार्ग लगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन फर्किन थालेको जानकारी दिए।

‘अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन काठमाडौँतिर नै फिर्ता भइरहेका छन्। यतिबेला उपत्यकाका चारैतिरका नाका बन्द छन्,’ सुवेदीले भने, ‘सुरक्षित तरिकाले सवारीसाधन होल्ड भएका छन्। सडक यात्रा सुरक्षित छैन।’

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad