समाज


नागढुङ्गा-मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम

नागढुङ्गा-मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम

नेपालखबर
असोज १८, २०८२ शनिबार १८:१९, मलेखु (धादिङ)

वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन्।

आज जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको जनाइएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले राजमार्गमा यात्रा गर्न सकिने अवस्था नभएकाले आआफ्नो स्थानमा सुरक्षित रहन आग्रह गरे। उनले सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा देखिएको बताए। 

यस्तै, झ्याप्ले खोला (पुरानो पहिरो क्षेत्र), सुरुङ मार्ग, चार किलो (बाटो भासिएको), सात किलो, कमेरे भिर, महेश दोभानमा (लेदो र पानी सडकमा आउने सम्भावना), चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर, हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लाल्टिन बजारमा पहिरोको उच्च जोखिम रहेको छ।

विपद् व्यवस्थापन टोलीका अनुसार अन्य जोखिमयुक्त स्थानमा पनि वर्षा बढेपछि तत्काल पहिरो जाने खतरा छ। हाल पहिरोमा रोकिएका सवारीसाधनलाई पहिरो पन्छाउदै गन्तव्यतर्फ पठाइएको जनाइएको छ। 

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सवारीसाधनलाई जोखिम क्षेत्र प्रवेश गर्न रोक लगाइएको र आपतकालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको जानकारी दिए।

सडक विभागका प्राविधिक, प्रहरी र स्थानीय निकायको सहकार्यमा जोखिम न्यूनीकरणकार्य निरन्तर भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति धादिङले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad