आज आइतबार पनि देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले दिएको छ।
महाशाखाका अनुसार आज कोसी र यसका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने सम्भावना रहेकाले नदी किनारमा उच्च सतर्कता अपनाउन आवश्यक छ। बागमती र कमला नदीमा बहाब हाल घट्दो छ तर डुबान भएका स्थानमा होसियार अपनाउन सुझाव दिइएको छ।
बाढी महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, ताप्लेजुङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा र आसपासका जिल्ला भई वहने ससाना नदीहरुको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त जिल्लाका साना नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन जरुरी छ।
यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, महोत्तरी, सर्लाही, रौतहट र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान रहेकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन भनिएको छ।
उल्लिखित जिल्लामध्ये पूर्वका तीन इलाम झापा र मोरङका लागि भने रेड अलर्ट (रातो रङ) जारी गरिएको छ। बाढी महाशाखाको सूचनामा आज काठमाडौँ उपत्यकामा भने बाढीको सम्भावना उल्लेख छैन।
हेर्नुहोस् सूचना-


Shares

प्रतिक्रिया