कोशी


इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

नेपालखबर
असोज १९, २०८२ आइतबार १०:१५, विराटनगर

बाढी पहिरोमा परी इलाममा १८ जनाको मृत्युको पुष्टि भएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको पुष्टि भएको छ।

इलामको सूर्योदय नगरपालिका वडा नम्बर १  मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ।

माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको छ।

देउमाई नगरपालिका ५ ढोरेमा १ जना,  देउमाई नगरपालिका ५ धुसुनेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै माङ्सेबुङ गाउँपालिका १ मा एक जना गर्भवती सहित २ जना गम्भीर भएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको  तर मौसम खराबका कारण समस्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad