इलामको सूर्योदय नगरपालिका-१, मानेभञ्ज्याङमा घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ।
प्रहरीले दिएको जानकारीअनुसार स्थानीय राजु क्षेत्रीको घर पहिरोले पुर्दा भित्र ४ शव भेटिएका हुन्।
आइतबार बिहान १८ गते ४:५० बजे प्रहरीको टोलीले ४ वटा शव फेला पारेको र १ जना घाइते भई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले मृतक र घाइतेको नामावली यो खबर लेख्दासम्म उपलब्ध गराइसकेको छैन।
90
Shares

प्रतिक्रिया