समाज


न्युयोर्कको ब्रंक्स चिडियाघरमै चार बाघ र तीन सिंहमा कोरोना संक्रमण

न्युयोर्कको ब्रंक्स चिडियाघरमै चार बाघ र तीन सिंहमा कोरोना संक्रमण

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार ६:३६,

अमेरिकाको न्युयोर्कस्थित ब्रंक्स चिडियाघरमा यसै अप्रिल महिनाको सुरुवातमा एक मलाएन बाघमा कोरोना संक्रमण भएको थियो।

हाल सोही चिडियाघरका थप चार बाघ र तीन अफ्रिकन सिंहमा कोरोनाको संक्रमण पष्टि भएको अमेरिकाको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले जानकारी दिएको छ।

बाघ र सिंहमा कोरोनाको लक्षण देखिन थालेपछि परीक्षण भएको थियो। नयाँ संक्रमित चार बाघमध्ये एक बाघमा भने कोरोनाको लक्षण देखिएको थिएन।

चिडियाघरका कर्मचारीमा कोरोनाको संक्रमण भएपछि उनीबाटै जनावरमा कोरोना फैलिएको सीएनएनले जनाएको छ।

Bronx Zoo - Wikipedia

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad