समाज


हमासले बन्धक बनाएका विपिन जोशी बोलिरहेको भिडिओ सार्वजनिक

हमासले बन्धक बनाएका विपिन जोशी बोलिरहेको भिडिओ सार्वजनिक

भिडिओमा देखिएका विपिन जोशी


नेपालखबर
असोज २३, २०८२ बिहिबार ५:१, काठमाडौँ

दुई वर्षदेखि गाजामा हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भिडिओ क्लिप्स सार्वजनिक गरिएको छ। 

द टाइम्स अफ इजरायलले बुधबार राति २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको आक्रमणका क्रममा हमासले विपिन अपहरण गरेको केही समयपछि खिचेको भिडिओ भन्दै सार्वजनिक गरेको हो। 

इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ २०२३ नोभेम्बरमा  खिचिएको विश्वास गरिएको छ। 

३३ सेकेन्डको भिडिओमा जोशी अंग्रेजीमा बोलिरहेका छन्। 

‘मेरो नाम बिपिन जोशी हो। म नेपालबाट हुँ। म २३ वर्षको भएँ। म २५ दिनअघि इजरायल आएको थिएँ। म यहाँ सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रमका लागि आएको थिएँ, म एक विद्यार्थी हुँ’, उनी भनिरहेका छन्, ‘म सिट्रस र कागती फार्ममा कृषि फार्ममा काम गर्छु।’

यो भिडिओसँगै उनी जीवित रहेको आशा पलाएको छ। तर त्यो भिडिओ २ वर्षअघिकै भएकाले विपिनको वर्तमान अवस्था अझै स्पष्ट छैन। 

यस्तो छ, विपिन बोलेको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad