समाज


असोज १७ पछिको विपदमा परेर ५३ जनाको मृत्यु

असोज १७ पछिको विपदमा परेर ५३ जनाको मृत्यु

नेपालखबर
असोज २३, २०८२ बिहिबार ६:१३, काठमाडौँ

यही असोज १७ गतेपछिको मनसुनी विपदमा परेर ५३ जनको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्ममा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको जानकारी दिएको हो। 

प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भएको छ। यस्तै, पाँचथरमा एक र काभ्रेमा एक जनाले ज्यान गुमाएका छन्। 

यस्तै बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा दुई, धनुषामा दुई, तथा इलाम, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एकरएक जनााको मृत्यु भएको प्राधिकरणले जनाएको छ। प्रवक्ता महतले बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका बताइन्। 

यस्तै, मनसुनी विपद्मा परेर सो तीन दिनको अन्तरालमा ४७ जना घाइते भएका छन्। घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले आज सार्वजनिक गरेको अध्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ। 

प्राधिकरणले अस्थायी आवास, पुनःस्थापन र राहत प्रक्रियाकाबारेमा छलफल सुरु भइसकेको जानकारी दिएको छ। उक्त मनसुनी विपद्मा ५० जिल्ला प्रभावित भएको थियो। 

यसपाली यही असोज १८ गते दिउँसो र रातिको समयमा मुसलधारे वर्षा हुँदा ठूलो क्षति पुर्‍याएको थियो। अहिले भने मनसुन बाहिरिन सुरु भइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad