सरकारले भिजिट भिसा प्रकरणको छानबिन सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा ७ सदस्यीय अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो।
तत्कालीन गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि छानबिन समिति बनाइएको थियो।
471
Shares

प्रतिक्रिया