समाज


मध्यराति मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु, ३ जना घाइते

मध्यराति मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु, ३ जना घाइते

नेपालखबर
असोज २५, २०८२ शनिबार ८:२१, काठमाडौँ

तनहुँका दुई छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

ऑबुखैरेनी गाउँपालिका ३ खत्रीटोलस्थित भित्री सडक खण्डमा गएराति पौने १२ बजे ग.२६ प. २२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल खैरहनी घर भई हाल तनहुँको ऑबुखैरेनी गाउँपालिका-२ बसपार्क बस्दै आएका २८ वर्षीय विजय तामाङ छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा आँबुखैरेनी अस्पताल तनहुँमा मृत्यु भएको प्रहरीले जनाएको छ।  

मोटरसाइकलको पछाडि सवार गोर्खाको सहिद लखन गाउँपालिका-९ घर भई हाल तनहुँको ऑबुखैरेनी गाउँपालिका ३ बस्दै आएका २२ वर्षीय बिप्लप गुरुङ दुर्घटनामा घाइते भएका छन्। 

तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई घरको भित्तामा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

त्यसैगरि गएराति तनहूँकै व्यास नगरपालिका- १२ देउराली स्थित पृथ्वि राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक र एक युवती घाइते भएका छन्।

डुम्रेबाट दमौली तर्फ आउदै गरेको बा.७० प ४२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका-१४ बस्ने २३ वर्षीय जेनिष मगर र मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २४ वर्षीया आबिस्रा गुरुङ घाइते भएका हुन्। 

दुवै घाइतेको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad