समाज


टीओबी समूहका पेस्तोलधारी पुगे प्रहरीको सम्पर्कमा

टीओबी समूहका पेस्तोलधारी पुगे प्रहरीको सम्पर्कमा

तस्बिर स्रोत: सामाजिक सञ्जाल


नेपालखबर
असोज २६, २०८२ आइतबार २०:२०, काठमाडौँ

जेनजी आन्दोलनमा पेस्तोलसहित देखिएका भनिएका युवक प्रहरी कार्यालय पुगेका छन्।

आइतबार उनी सुरुमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए। उक्त कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाएको एसएसपी रमेश बस्नेतले जानकारी दिए। 

प्रहरी कार्यालय पुगेका तेन्जेन दावाले आफू टीओबीको सदस्य भएको समेत स्वीकार गरेका छन्। तर उनले उक्त पेस्तोलसहित देखिएको फोटो भने पुरानो भएको दाबी गरेका छन्।

काठमाडौं परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताए। 

‘भिडिओमा देखिएको व्यक्ति आफू भएको स्वीकार गरे पनि उनले घटना पहिलेको भनेका छन्। हामी थप अनुसन्धान गर्दै छौँ। भिडिओ, फोटोहरू सार्वजनिक भएपछि आफैँ प्रहरीको सम्पर्कमा आएका हुन्,’ उनले भने। 

भदौ २३ र २४ गतेको आन्दोलन भड्काउन टीओबी लेखेको टिसर्ट लगाउने समूहको भूमिका रहेको भन्दै तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन्। उक्त समूहमाथि प्रहरीले निगरानी बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad