समाज


तनहुँमा अनियन्त्रित मोटरसाइकल सडकको रेलिङमा ठोकिँदा १९ र २३ वर्षीय युवक घाइते

तनहुँमा अनियन्त्रित मोटरसाइकल सडकको रेलिङमा ठोकिँदा १९ र २३ वर्षीय युवक घाइते

फाइल तस्बिर


नेपालखबर
असोज २७, २०८२ सोमबार ९:३३, काठमाडौँ

तनहुँमा तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा दुई युवक घाइते भएका छन्। 

आज बिहान सवा आठ बजेतिर म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीस्थित पृथ्वी राजमार्गमापोखराबाट दमौलीतर्फ जाँदै गरेको बा.प्र-०-(०५१ प ९३४७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। 

दुर्घटनामा मोटरसाइकल चालक धादिङको गल्छी गाउँपालिका-४ घर भएका १९ वर्षीय निश्चल अधिकारी र मोटरसाइकलको पछाडि सवार नुवाकोटको विदुर नगरपालिका निवासी २३ वर्षीय प्रदीप नेपाल घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दुवै घाइतेको हाल दमौली अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

तीव्र गतिको मोटरसाइकल सडक छेउको रेलिङमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad