समाज


इजरायलले विपिनको परिवारलाई भन्यो- जीवित रहेको प्रमाण भेटिएन

इजरायलले विपिनको परिवारलाई भन्यो- जीवित रहेको प्रमाण भेटिएन

नेपालखबर
असोज २७, २०८२ सोमबार १२:१२, काठमाडौँ

इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको कुनै पनि प्रमाण आफूहरुले फेला नपारेको जानकारी उनको परिवारलाई गराएको छ। 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली सेनाले आज रिहा हुन लागेका बन्दककको सूचीमा विपिनको नाम नरहेकाले उनी जीवित नरहेको जानकारी दिएको बताए। 

‘आज जीवित बन्दकहरूलाई २, ३ घण्टामा छोड्दै छ, छोड्ने सूची उनीहरू (हमास)ले इजरायल सरकारलाई दिए,’ पण्डितले भने, ‘त्यो सूची हेरिसकेपछि विपिनको विषयमा केही पनि जानकारी आएन। जीवितनरहेको भन्ने जानकारी हमासले दियो भनेर आईडीएफ (इजरायली सेना)ले नेपालमा विपिनको ठूलो बुवाको छोरा किशोरलाई  जोड्यो। अमेरिकाबाट उनको बिहीनी पुष्पालाई ज्वाइन गर्यो‍ र यताबाट मलाई ज्वाइन गरेर इजरायली सरकारका अधिकारीलाई पनि ज्वाइन गरेर हामी केही जानकारी आयो र चमत्कार भयो भने घण्टा घण्टामा जानकारी गराउँछौँ। अहिलेसम्मको अवस्थामा विपिन जानकारी नरहेको जानकारी गरायौँ। जीवित रहेको कुनै तथ्य, प्रमाण केही पनि भेटिएन भन्नुभयो।’

उनका अनुसार बन्दकको रिहाइसँगै मृतकको लाश पनि आज बुझाउन लागिएको तर त्यसमा पनि विपिन नरहेको जानकारी प्राप्त भएको छ। ‘मृतकको पनि कतिपयको लाश उपलब्ध नभएकाले त्यसको खोजी कार्यमा हामी हामी लागेका छौँ, हामी फिल्डमै छौँ, त्यो भन्दा जानकारी केही छैन भन्नुभयो,’ पण्डितले भने।

विपिनलाई ७ अक्टोबर २०२३ मा इजरायलको किब्बुज आलुमिममाबाट कब्जामा लिएर बन्दक बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad