समाज


उद्योगको पर्खालले थिच्दा ३ जनाको मृत्यु,२ घाइते

उद्योगको पर्खालले थिच्दा ३ जनाको मृत्यु,२ घाइते

नेपालखबर
असोज २९, २०८२ बुधबार १३:२८, काठमाडौँ

पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। 

रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो बुधबार बिहान ९ः५० बजे भत्किएको हो।
 .
भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना मजदुर घाइते भएका थिए। त्यसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। घाइतेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनले बताए। 
 

घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका-१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन्। घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था मध्यम रहेको खनालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad