रोशनी अधिकारी पाठक अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छिन्।
अधिकारी सन् २०२६-२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।
यही अक्टोबर ९ देखि १५ तारिखसम्म अबुधाबीमा सम्पन्न आयुसिएन विश्व संरक्षण महासभाका क्रममा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका ७ उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् सङ्ख्याका लागि प्रतिस्पर्धा भएको थियो।
अधिकारी नेपाल वातावरण पत्रकार समूह (नेफेज) की पूर्वअध्यक्ष समेत हुन्। उनी निर्वाचित भएपछि परराष्ट्र मन्त्रालयले बधाई दिँदै कार्यकालको सफलताको शुभकामना दिएको छ।
Congratulations 🎉 to Nepali candidate Ms. Roshani Adhikari Pathak @Roseadh on her election as @IUCN Regional Councillor (East and South Asia Region) for the term 2026–2029, and to all other candidates elected to various @IUCN positions.
We extend our best wishes for a… — MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 16, 2025
Shares

प्रतिक्रिया