भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा मृत्यु भएका २२ जना मात्रै जेनजी प्रदर्शनकारी भएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले शुक्रबार जंगी अड्डामा पत्रकार सम्मेलन गर्दै पछिल्लो घटनाक्रमसहितका आफ्ना गतिविधि बारे जानकारी दिएको हो।
नेपाली सेनाको युद्ध कार्य विभागले प्रस्तुत गरेको रिपोर्टमा मृत्यु हुने मध्ये २२ जना प्रदर्शनकारी, ३ जना नेपाल प्रहरी, १० जना कैदीबन्दी र ४१ जना अन्य रहेको उल्लेख गरिएको छ।
सञ्चारकर्मीले २२ जना मात्रै हुन् प्रदर्शनकारी भन्ने प्रश्नमा पनि नेपाली सेनाले २३ गते गोली लागेर सडकमा ढलेका र विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये २२ जना प्रदर्शनकारी रहेको र अरु अन्य रहेको दाबी गरिएको छ।
जेनजी प्रदर्शनका मृतक ७६ जनामध्ये १२ जनाको सनाखत हुन बाँकी छ।
युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले नेपाली सेनाले थप मानवीय क्षति हुन नदिनकै लागि परिस्थितिको मूल्यांकन गरेर अगाडी बढेको बताए। यदि सिंहदरबारसहितका संरचना जोगाउन परेको भए ठूलो मानवीय क्षति हुने अवस्था आउने पनि उपरथी थापाले दाबी गरे।
Shares

प्रतिक्रिया