समाज


तिहारका मुख्य ४ दिन कस्तो होला मौसम? हेर्नुहोस् प्रक्षेपण

तिहारका मुख्य ४ दिन कस्तो होला मौसम? हेर्नुहोस् प्रक्षेपण

नेपालखबर
कात्तिक २, २०८२ आइतबार ६:१९, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले तिहारका मुख्य ४ दिन मौसम कस्तो होला भन्ने विषयमा प्रक्षेपण जारी गरेेको छ।

तिहार विशेष मौसम बुलेटिन प्रकाशन गर्दै मौसम महाशाखाले लक्ष्मीपूजा (कात्तिक ३) देखि भाइटीका (कात्तिक ६) सम्मको सम्भावित मौसमबारे जानकारी गराएको हो।

जुन यस्तो छ:

यस वर्ष तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे तापनि पश्चिमी वायुको सामान्य  प्रभावले देशका पहाड भेगमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको समेत सम्भावन छ।

कार्तिक ३ (लक्ष्मीपूजा): देशका पहाड भेगमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

कार्तिक ४ (औँसी): देशका पहाड भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।

कार्तिक ५ (गोवर्धन पूजा ): देशको पहाड भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना छ।

कार्तिक ६ (भाइटीका): कोसी र मधेस प्रदेशलगायत देशका बाँकी पहाड भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सबै प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा  हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad