आफैँले पढाउँदै आएकी नावालिग छात्रालाई पटकपटक बलात्कार गरेको आरोपमा खोटाङ प्रहरीले एकजना प्रधानाध्यापकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने शिक्षकको नाम भने प्रहरीले खुलाएको छैन। उनी ऐसेलुखर्क गाउँपालिका -१ राखा बाङ्देलको एक सरकारी विद्यालयका प्रधानाध्यापक भएका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
प्रहरी निरीक्षक राजु विष्टले दिएको जानकारी अनुसार करिब ५० वर्षीय ती शिक्षकलाई गएको असोज २२ गते नै पक्राउ गरिएको हो। ‘उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौँ,’ विष्टले नेपालखबरसँग भने।
करिब १३ वर्षीया ती छात्रालाई उनले विद्यालयमै पटकपटक बलात्कार गरेको आरोप छ।
असोज २२ गते किशोरीका आफन्तले जाहेरी दिएपछि प्रधानाध्यापक पक्राउ परेका हुन्। पीडित किशोरीको जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरिएको छ।
प्रधानाध्यापकले आफूलाई विद्यालयमै दुई पटक बलात्कार गरेका किशोरीले बताएकी छन्।
Shares

प्रतिक्रिया