मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ६ बजेदेखि भोलि (मंगलबार) बिहान ६ बजेसम्मको सम्भावित मौसमबारे जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाड क्षेत्रमा आंशिक बदली (आंशिक घाम देखिने) हुनेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (लगभग पूरै घाम देखिने) रहने छ।
यस क्रममा दिउँसो कोसी प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षा पनि हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
राति भने मौसम देशभर मुख्यतया सफा (लगभग पूरै आकाश सफा) रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ।
मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
66
Shares

प्रतिक्रिया