विपिन जोशीको शव नेपाली सेनाले हेलीकप्टरमार्फत उनको घर कञ्चनपुरमै पुर्याउने भएको छ।
सोमबार दिउँसो काठमाडौँ विमानस्थल आइपुगेको शव हेलिकप्टरमार्फत आजै सेनाले कञ्चनपुर लगेको हो।
उनको अन्तिम दाहसंस्कार कञ्चनपुरमै गरिने छ।
त्यसअघि विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको शवमाथि राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिन्।
साथै गृहम्नत्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङलगायत मन्त्रीहरूले माल्यार्पण गरेर सम्मान प्रकट गरे।
विपिनलाई श्रद्धाञ्जली दिन उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, आफन्तलगायत उपस्थित भए।
शव नेपाल पठाउनुअघि आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी विपिनलाई श्रद्धाञ्जली दिइएको थियो।




783
Shares

प्रतिक्रिया