समाज


पोखरामा जुवा खेलिरहेका २० जना पक्राउ

पोखरामा जुवा खेलिरहेका २० जना पक्राउ

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १४:९, कास्की

प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा उनीहरुबाट नगद रु छ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

'तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको छ प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरुलाई निगरानी गरिरहेको छ'उनले भने। 

प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन्। उनीहरुको साथबाट दुई सय १२ पत्ती तास र नगद रु दुई लाख ५१ हजार ४५५ बरामद भएको छ। 

यसैगरी पोखरा महानगरपालिका–२६ विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन्। उनीहरुको साथबाट १४ थान कौडा र रु ७७ हजार २०५ नगद फेला परेको छ।

यस्तै प्रहरीले पोखरा–२ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरुको साथबाट छ बुक तास र नगद रु दुई  लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए। पक्राउ परेकाहरुलाई अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad